© २०२३
बुटवल, १९ पुस ।
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा उत्कृष्ट स्टललाई सम्मान सहित नगद पुरस्कार गरिएको छ । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठन गरिएको मुल्यांकन समितिले गरेको मुल्यांकनका आधारमा उनीहरूलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
मेलामा सहभागि स्टलमध्येबाट नेपाल सेरामिक इण्डष्ट्रिज प्रालि. प्रथम भएको छ । त्यस्तैगरी कोशेली मुर्तिकला उद्योग द्वितीय, कानुङ बचत तथा ऋण सहकारी संस्था तृतीय र दुर्गा नर्सरी एण्ड कृषि फर्म सान्त्वना भएका छन् । उनीहरूलाई क्रमश : २१ हजार १, १५ हजार १, १० हजार १ र ५ हजार १ रूपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्रविधि तर्फ सुर्यछाप ढाका कपडा उद्योग, कृषि तर्फ जैविक कफि तथा मसला प्रशोधन उद्योग अर्घाखाँची र हस्तकला तर्फ नेपाल क्राफ्ट उद्योग प्रथम भएका छन् ।
उनीहरूलाई संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । उनीहरूलाई जनही २१ हजार १ रूपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको मेला कार्यसम्पादन समितिका सदस्य सचिव मुक्तप्रसाद अधिकारीले जानकारी गगराए ।
त्यसैगरी मेला समापन कार्यक्रममा मेलाका प्रायोजक, सहयोगीहरूलाई पनि सम्मान गरिएको छ भने मेलामा सहभागी स्टलहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।