ट्रेंडिंग:

>> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

बुटवल, १९ पुस ।

गएराति बझाङमा  जिप  दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।

बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए।

उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

मृत्यु हुनेमा जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामी छन्। उनीहरुको घटनास्थलमै नै मृत्यु भएको हो।

धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा.विनय जोशीले जानकारी दिए।

जोशीका अनुसार अस्पताल पुग्दासम्म घाइते बालिकाको ज्यान गइसकेको थियो। दुर्घटनाको खबर पाएपछि प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?