ट्रेंडिंग:

>> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा मा.वि.मा नवनिर्मित तीन कोठे भवनको समुद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा >>  परराष्ट्रमन्त्री डा. राणाको भारतीय सचिवसँग छलफल >> प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा? >> अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक >> शहिद दिवसमा स्वर्गिय प्रचण्ड थैवको मूर्ति अनावरण >> इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के >> गुरुङहरुको माङी पर्व सम्पन्न >> फुलिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, १ हजार ५ सय विद्यार्थीलाई स्विटर >> नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न >> लोकतन्त्रका अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर >> अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका भुवन कार्की पक्राउ >> स्टन्टबाजीले देश चल्दैन, सबैको इमान्दार प्रयास जरूरी छ : प्रधानमन्त्री >> राजस्व चुहावट कसुरमा इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध मुद्दा दायर >> कुम्भ मेलामा भागदौडका कारण कम्तीमा १५ जनाको मृत्यु >> सुनको भाउ एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि >> सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने >> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिज बुटवल र लेडी जेसिजको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू

पाँच महिनामा कर्णाली सरकारले ग-यो एक अर्ब खर्च

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

सुर्खेत, १८ पुस ।

कर्णाली सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा विकास बजेटतर्फ एक अर्ब खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि विकास बजेटतर्फ प्रदेश सरकारले मंसिर मसान्तसम्ममा एक अर्ब चार करोड ४२ लाख ५३ हजार खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले विकास बजेटतर्फ १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त बजेट अन्तर्गत मङ्सिर महिनामा १४ करोड १० लाख ५१ हजार रुपैयाँ कार्यान्वयन गरेको छ । कार्तिक मसान्तसम्म प्रदेश सरकारले ९० करोड ३२ लाख २ हजार रुपैयाँ विकास बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गतवर्ष यो अवधिसम्म ९६ करोड रकम मात्रै कार्यान्वयन भएको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले मङ्सिर मसान्तसम्म ५५ करोड ५० लाख ५२ हजार ९३५ रुपैयाँ कार्यान्वयन गर्न सकेको छ । जलस्रोत तथा ऊर्जा मन्त्रालयले यो अवधिसम्म ९ करोड ६४ लाख २१ हजार रुपैयाँ कार्यान्वयन गरेको छ भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ करोड ७० लाख ८० हजार, सामाजिक विकास मन्त्रालयले ३२ करोड ५३ लाख ९४ हजार रुपैयाँ कार्यान्वयन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ करोड ४३ लाख ६९ हजार रुपैयाँ कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै अर्थ मन्त्रालयले पाँच महिनाको अवधिमा ८३ लाख ९९ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव आनन्द सारुका अनुसार फागुन पछि योजनाका भुक्तानीहरु गएपछि विकास बजेट खर्च बढ्ने बताए । उनका अनुसार अघिल्लो वर्षको बाँकी भुक्तानी नहुँदा पनि विकास बजेटको खर्च कम भएको देखिएको हो । ‘अघिल्लो आर्थिक वर्षमा बाँकी भुक्तानीहरु भएकोले पनि बजेट खर्च बढी देखिएको थियो’ उनले भने, ‘चालु आर्थिक वर्षमा बाँकी भुत्तानीहरु नरहेकोले पनि अहिलेसम्म कम देखिएको हो अब दोस्रो चौमासिकको अन्तिमबाट खर्च बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?