ट्रेंडिंग:

>> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु >> आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै >> सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता >> देविनगर-११ ब्याईजको विजयी शुरुवात >> सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई >> दाङमा माघ सांस्कृतिक महोत्सव सुरु >> डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी >> स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो सुझावसहितको प्रतिवेदन >> एमाले उपाध्यक्षको पुस्तक बिमोचित >> लोकसेवा आयोगको सुझावः ६० वर्षमा अनिवार्य अवकाश र ३२ वर्ष उमेरमा सेवा प्रवेश >> विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन >> सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने >> सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी >> राप्रपा नेपालको केन्दीय समिति बैठक सुरू >> बैंकहरूको निष्क्रिय कर्जा र लगानीमा कमी >> रौतहटमा इ रिक्सावालाले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न >> दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने >> युद्द बिराम उलङ्घन गर्दै इजरायलद्धारा लेबनानमा बमवारी जारी >> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ

पूर्वाधार विकास समितिमा २२ वटा उजुरी दर्ता

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

काठमाडौँ ।

पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित २२ वटा उजुरी परेको जानकारी बुधबार समितिका सभापति दीपकबहादुर सिंहले दिएका छन्। समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ३, खानेपानी मन्त्रालय २, शहरी विकास मन्त्रालय ४, रक्षा मन्त्रालय १ र अन्य ४ उजुरी परेको छ।

सिंहले केही उजुरीहरू दोहोरो वा तेहरो परेको जानकारी पनि दिएका छन्। उनले भने, “समितिमा परेका २२ उजुरीको विषयमा सांसदहरूको छलफलबाट समाधानका लागि पहल गर्ने निर्णय गरेका छौं।”

हाइड्रोपावर निर्माण र प्रसारणलाइनका विषयमा परेका उजुरीहरूको अध्ययन गर्न पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ। यसैगरी, सडक मापदण्डका विषयमा परेका उजुरीहरूको अध्ययन गर्न पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति बनाइएको छ।

सिंहले थप भने, “सडक मापदण्ड मन्त्रीपिच्छे हचुवाको भरमा तोकिनु गलत हो। सडक मापदण्ड तोक्दा सडकका दुवैतिर घरजग्गा पर्ने व्यक्तिलाई मुआब्जाको व्यवस्था गरिनुपर्छ।”

उनले भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिँदै भने, “मन्त्रीपिच्छे हचुवाको भरमा सडक मापदण्ड तोक्नु राम्रो होइन। कुन मापदण्ड र नियमानुसार तोकिएको भन्ने कुरा समितिलाई जानकारी दिनुहोस्।”

सिंहले यो पनि भने, “सडक मापदण्ड तोक्दै भद्रगोल रूपमा सञ्चालन भइरहेको छ, त्यसलाई रोक्न वास्तविक अवस्था बुझ्न उपसमिति गठन गरिएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?