Butwal Today

तराईका तीन विमानस्थलमा उडान स्थगित, हुस्सुका कारण भिजिबिलिटी कम

१७ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

बुधबार अपराह्नसम्म, तराईका तीन विमानस्थलमा उडान हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, जनकपुर, भरतपुर, र सिमरा विमानस्थलमा हुस्सुका कारण भिजिबिलिटी कम भएको र त्यसका कारण उडान स्थगित भएका हुन्।

भरतपुर विमानस्थलका उडान भने रद्द गरिएको छ। अन्य तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडानहरू भइरहेको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?