ट्रेंडिंग:

>> देविनगर-११ ब्याईजको विजयी शुरुवात >> सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई >> दाङमा माघ सांस्कृतिक महोत्सव सुरु >> डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी >> स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो सुझावसहितको प्रतिवेदन >> एमाले उपाध्यक्षको पुस्तक बिमोचित >> लोकसेवा आयोगको सुझावः ६० वर्षमा अनिवार्य अवकाश र ३२ वर्ष उमेरमा सेवा प्रवेश >> विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन >> सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने >> सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी >> राप्रपा नेपालको केन्दीय समिति बैठक सुरू >> बैंकहरूको निष्क्रिय कर्जा र लगानीमा कमी >> रौतहटमा इ रिक्सावालाले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न >> दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने >> युद्द बिराम उलङ्घन गर्दै इजरायलद्धारा लेबनानमा बमवारी जारी >> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ >> अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका >> खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन् >> सकियो बुटवलको व्यापार मेला >> एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी >> बुटवल मेलामा नेपाल सेरामिक प्रथम >> दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल >> गाउँलाई मुकामसँग जोड्दै सरकार >> नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक >> आजको मौसम : तराई र उपत्यकामा हुस्सु >> बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु >> दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने >> ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली >> तेश्रो वडाध्यक्ष कप आयोजना हुने

गोलभेँडा बेचेरै सात लाख बचत

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

घोराही १७ पुस ।
दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । उनलाई बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् ।
भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।’ रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रूपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक सात लाख बचत गर्न सफल भएका छन् । वार्षिक १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर सात लाख बचत हुने गरेको उनको भनाइ छ । ‘१० जनालाई रोजगारी दिएको छु’, रोकाले भने, ‘पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।’
मङ्सिरसम्म थोकमा प्रतिकिलो ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए ।
जग्गाको वार्षिक भाडा ९८ हजार तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?