ट्रेंडिंग:

>> देविनगर-११ ब्याईजको विजयी शुरुवात >> सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई >> दाङमा माघ सांस्कृतिक महोत्सव सुरु >> डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी >> स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो सुझावसहितको प्रतिवेदन >> एमाले उपाध्यक्षको पुस्तक बिमोचित >> लोकसेवा आयोगको सुझावः ६० वर्षमा अनिवार्य अवकाश र ३२ वर्ष उमेरमा सेवा प्रवेश >> विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन >> सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने >> सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी >> राप्रपा नेपालको केन्दीय समिति बैठक सुरू >> बैंकहरूको निष्क्रिय कर्जा र लगानीमा कमी >> रौतहटमा इ रिक्सावालाले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न >> दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने >> युद्द बिराम उलङ्घन गर्दै इजरायलद्धारा लेबनानमा बमवारी जारी >> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ >> आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक >> कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ >> कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज >> शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज >> सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड >> रवि लामिछानेलगायत प्रतिवादीतर्फको बहस आजदेखि >> पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह >> स्वास्थ्य सचेतनाका लागि दौड गर्दै चिकित्सक संघ >> अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका >> खनिज उत्खननमा चीनको १३ अर्ब डलर लगानी, ६० प्रतिशत तामा मात्रै उत्खनन् >> सकियो बुटवलको व्यापार मेला >> एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी >> बुटवल मेलामा नेपाल सेरामिक प्रथम >> दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल >> गाउँलाई मुकामसँग जोड्दै सरकार >> नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक >> आजको मौसम : तराई र उपत्यकामा हुस्सु >> बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु >> दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने >> ईन्स्पेक्टर पृथ्वी खनालले ‘जोरी पारी’ मा लगाए डिएसपीको फुली >> तेश्रो वडाध्यक्ष कप आयोजना हुने

बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’

१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

बुटवल, १७ पुस ।
नेपालकै सर्वोत्कृष्ट तथा नेपालीहरूले अत्यधिक रूपमा रुचाएको चाउचाउ ब्रान्ड करेन्टका उत्पादक यशोदा फुड्स प्रा.लि.ले ग्राहकहरूलाई आफ्ना उत्पादनहरूको स्वाद पस्कने गरी बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ ।
करेन्ट ब्रान्डका सबै परिकार पाइने गरी मंगलबारदेखि कालिकानगरमा सञ्चालनमा आएको ‘करेन्ट पोइन्ट’ को शुभारम्भ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गरेका हुन् । सो पाइन्टको शुभारम्भ कार्यक्रमा बोल्दै अध्यक्ष अर्यालले यशोदा फुड्सका उत्पादनहरू गुणस्तरीय रहेको बताउँदै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको बताए ।
यशोदा फुड्सले राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएको बताउँदै कुनै बेला घ्युको बजारको बजारको रूपमा परिचित भएको बुटवल यशोदा फुड्सकै कारण विश्व बजारमा परिचित भएको भन्दै प्रशंसा गरे । उनले करेन्टका उत्पादनहरू नेपालसहित अमेरिका, क्यान्डा, जापानका साथै एशिया तथा युरोपका प्रमुख देशमा निर्यात गरि उद्योगले बुटवललाई विश्व बजारमा समेत परिचित गराउन सफल भएको भन्दै बधाई समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै यशोदा फुड्सका निर्देशक चुन्नप्रसाद पौडेलले हामीले यहाँ आफ्ना सबै ब्रान्डका उत्पादनहरूका फरक–फरक परिकारहरू तयार गरी ती परिकारका स्वादहरू ग्राहकलाई पस्कने गरी आउट लेट सञ्चालनमा ल्याएको बताए । उनले ग्राहकले आफूले रुचाएका हाम्रा सबै उत्पादनहरू समेत यहाँबाट खरिद गर्न सक्ने बताए । आफ्ना उत्पादनहरू ग्राहकलाई करेन्टका परिकार तयार गरी खुवाउने तथा उनीहरूको तत्काल प्रतिक्रिया पनि लिने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो आउट लेट सञ्चालनमा ल्याइएको यशोदा फुड्स का अर्का निर्देशक नितेश मालपानीले जानकारी गराए । शुभारम्भ कार्यक्रममा उद्योगका निर्देशक नरिश्वर पौडेल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकाल लगायत व्यवसायीक संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
करेन्ट पोइन्ट मार्फत यशोदा फुड्सले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २ स्पाइसी, करेन्ट ३ स्पाइसी, करेन्ट सेजवान, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स, करेन्ट चिकन पिजा, करेन्ट अकबरे, करेन्ट चटपट, करेन्ट मसला नुडल्स, लाली लगायतका ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा बिक्री तथा वितरण गर्दै आइरहेको छ । यस्तै स्न्याक्स अन्तर्गत करेन्ट चिजबल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटाटो क्रयाकर, करेन्ट पोटाटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट कोदो, करेन्ट कोदो चिपस, करेन्ट फापर चिपसलगायतका आफ्ना प्रिमियम उत्पादनहरू नेपालमा बिक्री गर्नुका साथै विश्व बजारमा समेत निर्यात गर्दै आइरहेको छ ।यशोदा ग्रुप अन्तर्गतकै त्रिमूर्ति इन्डष्ट्रिजका करेन्ट ब्रान्डमा मिट मसला, चिकन मसला, मिक्स मसला, चाउमिन मसला, चाट मसला, मोमो मसला, सब्जि मसला, राजमा मसला, बिरीयानी मसला, गरम मसला, चटपटे मसला, चना मसला, फिस करि, बेसार, खुर्सानी, जीरा पाउडर, धनियाँ पाउडर, कसमिरी पाउडरका साथै करेन्ट मसला चिया, सिटिसि चिया, करेन्ट डस चिया लगायत उत्पादनहरू उपलब्ध रहेका छन् ।
यशोदा फुड्स रूपन्देहीको तिलोत्तमामा २०७३ सालमा स्थापना भई २०७४ सालबाट उत्पादन सुरु गरेको होे । कम्पनीले ‘करेन्ट’लाई प्रिमियम नेपाली ब्राण्डको रूपमा नेपाल लगायत विश्व बजारमै स्थापित गराई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?