© २०२३
गुल्मी, २१ कात्तिक।
छत्रकोटगाउँपालिकागुल्मीले मंगलबारनियमितपत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममापूर्वघोषित प्रतिबद्धता कार्यान्वयनकाविषयमाभएकाउपलब्धिबारे गाउँपालिकाअध्यक्ष रामप्रसाद पाण्डेयले जानकारी गराए ।
अध्यक्ष पाण्डेयले कार्यालयमाआउने सेवाग्राहीको काम चुस्तदुरुस्त बनाउनआधारभूत प्रणालीमा सुधारदेखि प्रारम्भिकविकासक्रमबारे प्रकाशपारे ।स्थानीय सरकार बनेको करिब साढे पाँचमहिनाको अवधिमा २० युनिटसम्मको विद्युत् महशुलनिःशुल्कगरिएको छ । जसबाट ५ हजार ३ सय ४७ घरधुरी लाभान्वितभएका छन् । दुईओटा एम्बुलेन्स खरिदको प्रक्रियापनिअन्तिम चरणमा पुर्याईएको छ ।
यहीअवधिमा छत्रकोट ०४ को पिपलनेटादेखि दिगाम घडेरीटोल जोड्ने १९ सय ५० मिटर बाटो कालापत्रे गर्ने कामकालागि टेण्डर प्रक्रिया सकेर काम शुरु हुनलागेको छ ।यसै अवधिमागाउँपालिकाको प्रशासकीयभवननिर्माणका लागिजग्गाप्राप्तिको कामपनि सकिएको छ ।
सेवाग्राहीको सरलताकालागि स्थापनागरिएको हेल्प डेस्क, नागरिक वडापत्र सचेतनालगायतका संयन्त्रले गाउँपालिकालगायतमातहतकाकार्यालयको सेवा सहज बनेको छ ।
छत्रकोट ५ कीकमलाकुवंरले भनिन्–“कामलिएर जाँदाकुन कोठामा जाने कसलाई के भन्ने केही मेसो नपाएर अलमलहुन्थ्यो तर अहिले सजिलो भएको छ ।” अध्यक्ष पाण्डेयले युुवा स्वरोजगार तथा स्थानीयउत्पादनप्रोत्साहनगर्न ल्याइएको उद्यमीकर्जासम्बन्धीयोजनाको कार्यविधिअन्तिम चरणमा पुगेको उल्लेख गर्दै युवाहरुलाई यसमाजोडिएर स्वरोजगारीको अवसर लिनआव्हान गरे ।