© २०२३
काठमाडौं।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो। सम्मेलन भोलिसम्म जारी रहने छ।
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४: नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित यस सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्याहरू पहिचान गरेर तिनको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
डा. पोखरेलले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुर्याउने बताए।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलता कामना गर्दै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य प्रणालीका मेरुदण्डको रूपमा व्याख्या गरे। उनले स्वास्थ्यकर्मीहरूले विश्वभर एकजुट भएर स्वास्थ्य प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।