© २०२३
बुटवल, ११ पुस। नेवा देय् दबू तिलोतमा नगर समितिको दोस्रो अधिवेशनबाट दिनेश कक्षपतिको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन। जसको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ, उपाध्यक्ष नरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष सुशीला श्रेष्ठ, महिला सचिव राधा श्रेष्ठ उदय, सचिव दिपेश कुमार अमात्य र कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायत निर्वाचित भएका हुन।
नवनिर्वाचित अध्यक्ष दिनेश कक्षपतिले नेवा समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई अझ सुदृढ बनाउने गरि काम गर्ने प्रतिवद्घता जनाए। उनले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि युवापुस्ताको संलग्नतालाई प्राथमिकता दिदै संस्कृति, भाषा, र परम्परागत चाडपर्वको जगेर्ना गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको एक समारोहका बिच नेवा देय् देवु जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठले उद्घाटन गर्दै नेवा समुदायको सांस्कृतिक पहिचान, परम्परा र संरक्षणका विषयमा महत्त्वपूर्ण छलफल गरिएको थियो।
कार्यक्रममा जिल्ला सचिव नीमप्रसाद श्रेष्ठ, देवदहका अध्यक्ष कुशल श्रेष्ठ, झिगु नेवा पुच शंकरनगरका वरिष्ठ उपाध्यक्ष तथा प्रदेशका सदस्य दुर्गा श्रेष्ठ, नेवा देय् दबु बुटवलका अध्यक्ष सुन्दर श्रेष्ठ र कोषाध्यक्ष राजु भारी, कञ्चन गाउँपालिका का अध्यक्ष विष्णुबहादुर श्रेष्ठले नेवा देय् दबूको महत्व र नेवार समुदायको संस्कृतिको जगेर्नाका रचनात्मक कार्यक्रममा जोड दिन सुझाव दिए। निर्वाचन समितिका संयोजक डा.निरञ्जनलाल कक्षपति, सदस्यहरु किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठ रहेका थिए।