© २०२३
बुटवल, १० पुस । नेवारी संस्कार र संस्कृति जर्गेना गर्ने गरि बुटवलमा योमरी नेवारी फेस्टिबल सम्पन्न भएको छ । नेवाः देय् दबू बुटवल उपमहानगरपालिका नगर कमिटी र मिसा दबू नगर कमिटीको आयोजनामा बुटवल मिलनचोकमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदीप कुमार श्रेष्ठले नेवारी जातीको खाना शारीरिक रुपमा स्वस्थ्यकर र वैज्ञानिक भएको बताए । बुटवलमा छरिएर रहेका नेवारहरुलाई एकतावद्ध गरि संस्कार संंस्कृति जर्गेनामा खलपुचहरुको योगदानबारे उनले प्रकाश पारे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठ, जिल्लाको बरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, जिल्ला कोषाध्यक्ष राज कुमार श्रेष्ठले नया पुस्तालाई सिकाई हुने गरि रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । नेवारी भाषा संरक्षणको कामलाई अब विशेष चासो दिनुपर्ने समेत आग्रह गरे ।
कार्यक्रममा दबूका अध्यक्ष सुन्दर श्रेष्ठ र सहअध्यक्ष सिता जोशी, सचिव दिनेश भारीले आगामी कार्यक्रम र योजनाबारे प्रकाश पारे ।