काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन्। एसएसपी सानुराम भट्टराईका अनुसार, पक्राउ परेका व्यक्तिहरूबाट ७७ लाख र पछि थप १५ लाख गरी जम्मा ९२ लाख रकम बरामद गरिएको हो।
प्रहरीका अनुसार, यो घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने अनुमान गरिएको छ। स्रोत नखुलेको रकमको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।