ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

अन्तरमाबि छात्रा भलिबलः कुवरवर्तिको विजयी शुरुवात

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

बुटवल, १० पुस ।
रूपन्देही दशौं जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता एवं खेलकुद दिवस २०८१ शुरु भएको छ । एभरेष्ट ईगलिस बोर्डिङ माबिको आयोजनामा मंगलबार देखि शुरु भएको प्रतियोगितामा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले जनज्योति माविलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नगरका नीजि विद्यालयहरू खेलकुद गतिविधिमा अग्रसर रहेर खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको बताए । देशभरिकै पालिकामध्ये बुटवलले खेलकुदमा राम्रो बजेटको ब्यवस्थापन गरेको उनले दाबी गरे । विद्यालयस्तरमा हुने लगानी खेलाडी उत्पादनमा प्रभावकारी हुने भन्दै यसमा स्थानीय सरकार लागेको उनले बताए । बुटवलको भुगोल, संस्कृति, जातिय विशेषता देखिने गरि अभ्यास अघि सारेको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयमा बालबालिकाहरूमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने गरि शैक्षिकसँगै अन्य धेरै गतिविधिहरूमा अग्रसर हुँदै आएको बताए । खेलबाट नै देशको नाम कमाउने सक्ने गरि विद्यालय लागेको उनले बताए । छात्रा भलिबल खेल र खेलाडी उत्पादनमा विद्यालयबाट विगत लामो समयदेखि लगानी गरेको उनले बताए । विद्यालयको लगानीको प्रतिफल देशलाई नै भएको उनले दाबी गरे । ‘दशौ संस्कारणमा आईपुग्दा धेरै राष्ट्रियस्तरमा खेलाडीहरू उत्पादन गर्न सफल भएको छ ।’– उनले भने ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक अर्जुन घिमिरेले बताए । उपविजेता टिमलाई नगद २० हजार रूपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा रूपन्देहीका १६ टिमले प्रतिस्पर्धा गर्दैछन । अघिल्लो संस्करणमा आयोजक एभरेष्ट उपाधि विजेता रहेको थियो । पहिलो दिन ६ वटा खेलहरू हुने उनले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले एक विद्यालय एक खेलकुदको अवधारणालाई अघि बढाउन सके खेलाडी उत्पादन प्रभावकारी हुने बताए ।
कार्यक्रममा बुटवल वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक संघ केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रूपन्देही भलिबल संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, नेपाल खेलकुद पत्रकार मंच रूपन्देहीका अध्यक्ष सुमन अधिकारी, रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, लाफा समुहका अध्यक्ष बबिन थापा, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, लखन ब्रदर्शका अध्यक्ष सुनिल क्षेत्री, विधालयका सहप्राचार्य भिमसेन गौतमले खेल विकासमा नीजि विद्यालयको योगदान बारे प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?