ट्रेंडिंग:

>> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’

दशौ जिल्लास्तरिय अन्तरमाबि छात्रा भलिबलमा कुवरवर्तिको विजयी शुरुवात

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

बुटवल, ९ पुस । रुपन्देही दशौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता एवं खेलकुद दिवस २०८१ शुरु भएको छ । एभरेष्ट ईगलिस बोर्डिङ माबिको आयोजनामा मंगलबार देखि शुरु भएको प्रतियोगितामा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले जनज्योती माबिलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नगरका नीजि विद्यालयहरु खेलकुद गतिविधिमा अग्रसर रहेर खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान दिएको बताए । देशभरिकै पालिकामध्ये बुटवलले खेलकुदमा राम्रो बजेटको ब्यवस्थापन गरेको उनले दाबी गरे । विद्यालयस्तरमा हुने लगानी खेलाडी उत्पादनमा प्रभावकारी हुने भन्दै यसमा स्थानिय सरकार लागेको उनले बताए । बुटवलको भुगोल, सास्कृति, जातिय विशेषता देखिने गरि अभ्यास अघि सारेको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयमा बालबालिकाहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने गरि शैक्षिकसंगै अन्य धेरै गतिविधिहरुमा अग्रसर हुदै आएको बताए । खेलबाट नै देशको नाम कमाउने सक्ने गरि विद्यालय लागेको उनले बताए । छात्रा भलिबल खेल र खेलाडी उत्पादनमा विद्यालयबाट विगत लामो समयदेखि लगानी गरेको उनले बताए । विद्यालयको लगानीको प्रतिफल देशलाई नै भएको उनले दाबी गरे । ‘दशौ संस्कारणमा आईपुग्दा धेरै राष्ट्रियस्तरमा खेलाडीहरु उत्पादन गर्न सफल भएको छ ।’– उनले भने ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक अर्जुन घिमिरेले बताए । उपविजेता टिमलाई नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा रुपन्देहीका १६ टिमले प्रतिस्पर्धा गर्दैछन । अघिल्लो संस्करणमा आयोजक एभरेष्ट उपाधि विजेता रहेको थियो । पहिलो दिन ६ वटा खेलहरु हुने उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले एक विद्यालय एक खेलकुदको अवधारणालाई अघि बढाउन सके खेलाडी उत्पादन प्रभावकारी हुने बताए ।

कार्यक्रममा बुटवल वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक संघ केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही भलिबल संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, लाफा समुहका अध्यक्ष बबिन थापा, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, लखन ब्रदर्शका अध्यक्ष सुनिल क्षेत्री, विधालयका सहप्राचार्य भिमसेन गौतमले खेल विकासमा नीजि विद्यालयको योगदान बारे प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission