© 2026
काठमाडौं ।
ललितपुरमा एक किशोरको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको चक्कु प्रहारबाट हत्या भएको पाइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार, प्रारम्भिक अनुसन्धानमा डिनरको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको खुल्न आएको छ।
हत्या आरोपमा प्रहरीले २६ वर्षीय हेमराज भट्ट, २२ वर्षीय जनकबहादुर तामाङ र ४१ वर्षीय पदमलाल भट्टलाई पक्राउ गरेको छ। हेमराज भट्टले चक्कु प्रहार गरेको र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी पौडेलले जानकारी दिए।