© २०२३
बुटवल, ९ पुस ।
बुटवलको देबिनगरमा बस्दै आएका एक दम्पती बिच झगडा हुँदा महिलाको मृत्यु भएको छ श्रीमान श्रीमतीबीच आपसी विवाद हुँदा श्रीमान् सागर बिकले श्रीमति अन्जली बिकलाई हानेर हत्या गरेको स्थानीयले जानकारी दिएका छन ।
यता प्रहरीले झगडापछि महिलाको मृत्युको बिषयमा अनुसन्धान सुरू गरेको जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलका अनुसार मादक पदार्थ सेवन गरेर सधै जसो झगडा भैरहने गरेको र सोमबार पनी झगडा भैरहेको बेला एक्कासी महिलाको मृत्यु भएको बारे जानकारी भएको बताएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न सागर बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर बस्नेतले जानकारी दिए । मृतक बिकको टाउकोमा चोट लागेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी