ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

एकै घरको सुन्तला बिक्री २३ लाख

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

सल्यान, ९ पुस ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा किसानहरूले सुन्तला खेतीलाई व्यवसायिक बनाउँदै आफ्नो आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार गरेका छन् । वडा नम्बर १, २ र ५ मा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । छत्रेश्वरी गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार यी ३ वडाको १००.७ हेक्टर क्षेत्रफालमा सुन्तला खेती हुँदै आएको छ । यहाँका एक हजार ६२६ बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । वडा नं १ मा ७ सय बढी, वडा नं. २ मा ६ सय बढी र वडा नं.५ मा करिब ३ सय घरपरिवारले सुन्तला खेती गरिरहेका छन् । पहिले परम्परागत खेतीबाट घर चलाउन मुस्किल हुने गरेकोमा अहिले सुन्तला खेतीले आफ्नो परिवारको जीवनस्तरमा परिवर्तन आएको किसानहरू बताउँछन् ।
छत्रेश्वरी २ डिग्रेका किसान बेल बहादुर घर्तीले सुन्तला खेतीबाट मात्रै वार्षिक २३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ‘कम भएको साल ११ लाख रूपैयाँ सम्म आम्दानी हुन्छ, नत्र भने मैले १५ देखि २३ लाखसम्म आम्दानी गर्ने गरेको छु’, उनले भने । सुन्तलाका बोट २५०० पु¥याउने लक्ष्यका साथ व्यवसायिक सुन्तला खेतीमा लागेका बेल बहादुरको अहिले १५०० बोट छन् । जसमध्ये ५०० बोटले फल दिइरहेको र अरू १००० बोट तयार हुँदै गरेको उनको भनाइ छ ।

यसैगरि छत्रेश्वरी १ मयानीका हिम बहादुर शाहीको बगैंचामा पनि ७०० बढी सुन्तलाका बोट छन् । वार्षिक १० देखि १२ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । वडा नं. १ मा केशर बहादुर खत्री लगायतका किसानले पनि सुन्तला बिक्रीबाट मनग्ये आम्दानी लिने गरेका छन् । सुन्तला खेतीका लागि हावापानी र माटो उपयुक्त भएका कारण सुन्तला खेती यस क्षेत्रका किसानहरूको आयको प्रमुख स्रोत बन्दै गएको छ । राम्रो आम्दानी हुँदै गएपछि किसान सुन्तला खेतीमा आकर्षित भएका छन् । गत वर्ष सल्यानमा एक हजार आठ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको तथ्यांक छ ।
सुन्तला खेतीलाई प्रवद्र्धन गर्न र किसानहरूलाई विभिन्न सहयोग प्रदान गर्नका लागि छत्रेश्वरीको वडा नं. १ र २ मा सुन्तला जोन कार्यक्रम समेत लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल, बिउ, यान्त्रिकीकरण, नर्सरी खेती बिस्तार, बगैंचा बिस्तार तथा बगैंचा सुधार लागायतका कार्यक्रम र योजना सञ्चालनका लागि छत्रेश्वरी संगै बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा सुन्तला जोन कार्यक्रम लागू गरेको हो । जसका लागि सुन्तलाजात फलफूल सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ ।

किसानहरूले सुन्तला उत्पादनबाट वार्षिक लाखौं रूपैयाँ आम्दानी गर्दै आएका छन् । यद्यपी रोगव्याधि, बजार व्यवस्थापनको अभाव र चिस्यानयुक्त भण्डारणको सुविधा नहुनु मुख्य चुनौती बनेका छन् । सरकारी तवरबाट किसानहरूलाई तालिम, अनुदान जस्ता सहयोग प्रदान भएतापनि त्यो अझै पर्याप्त छैन । विशेष गरेर किसानहरूले शीत भण्डारणको व्यवस्था गर्न माग गरेका छन् । सल्यानको उर्वर भूमि, अनुकूल मौसम र किसानहरूको परिश्रमले सुन्तला खेती यहाँको पहिचान बनेको छ । सरकारी निकाय तथा सरोकारवालाहरूले खेती, बजारिकणमा देखिएका समस्या एवम् चुनौतीहरूको व्यवस्थापनमा ठोस योजनासहित आवश्यक कदम चाल्ने हो भने सल्यान सुन्तला उत्पादनको उत्कृष्ट नमुनाको रूपमा विकास भई आम्दानीको दरिलो माध्यम बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?