ट्रेंडिंग:

>> लुम्बिनी अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा >> सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो >> पुँजीगत खर्च बढाउन नागरिक समाजको ध्यानाकर्षण >> पण्डितपुरमा पुरातत्व विभागको उत्खनन् >> कालिकाको शैक्षिक उपलब्धि सिकाईको श्रोतः मुख्यमन्त्री >> छैठौं राष्ट्रपति रनिङशिल्डको उपाधि हसनापुर माविलाई >> बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा >> बुटवल मेलामा विद्यालयस्तरीय लोकदोहोरी र भजन चुट्का प्रतियोगिता >> सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तिलोत्तमा व्यापार संघको माग >> सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित >> रवि लामिछानेको सांसद पद निलम्बनमा >> अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक >> दोहोरो अंकको गिरावट, १३.५३ अंकले घट्यो नेप्से >> ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो >> हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित >> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण

कालिकाको शैक्षिक उपलब्धि सिकाईको श्रोतः मुख्यमन्त्री

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

बुटवल, ७ पुस ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाईको श्रोत हुने बताएका छन् ।

बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवसको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले सबै क्षेत्रमा उत्कृष्ठता हासिल गरेको छ भन्दै यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ भने ।

उनले कालिका मानवज्ञान विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहने विश्वास दिलाउँदै विद्यालयले हासिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको उल्लेख गरे ।

विद्यालयलाई यस उचाईमा ल्याई पु¥याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए ।

‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्ठताको उचाई हाँसिल गरेको छ । यस प्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’ मुख्यमन्त्री आचार्यले भने– प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।

बहुआयामीक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासकोलागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
उनले नतिजाको हिसावले या अतिरिक्त क्रियाकलापको हिसावमा पनि कालिका मानवज्ञान विद्यालय देशमै नमूना रहेको उल्लेख गर्दै यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले सरकारले विद्यार्थीको संख्याको आधरमा विद्यालयका शिक्षक दरबन्दी कायम गर्नुपर्ने बताएका थिए । ५०००÷२०००÷१००० विद्यार्थी हुने विद्यालय लाई निश्चित मापदण्ड बनाउन आवश्यक रहेको भन्दै उनले नेपाल सरकार संग विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्द मिलान गर्नको लागि आग्रह समेत गरे । उनले अवको शिक्षा संस्कार सहितको शिक्षा आवश्यक रहेको भन्दै जहाँ संस्कार छ त्यहा शिक्षा राम्रो हुने गरेको समेत बताएका थिए । कालिका मानवज्ञान माविले सिंगो बुटवलको नाम नेपालभर कायम गर्न सफल भएको भन्दै उनले विद्यालयको भौतिक पुर्वाधार लगायतको व्यवस्थापनको लागि स्थानीय पालिकाबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्याक्त गरे ।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापक घनश्याम पाठकले भनाई राख्दै अहिलेको कालिका आधुनिक कालिका बन्नको लागि धेरै जनाको योगदान उच्च रहेको बताएका थिए ।उनले राम्रो काम गर्न खोज्नेहरुको लागि जहाँ पनि समस्या सृजना हुने भन्दै समस्या संग जुधेर अगाडी बढ्न आवश्यक रहेको बताएका थिए ।

विद्यालयका पुर्व अध्यक्ष तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामीले बांगेकुसुम विद्यालय देखि कालिका मानवज्ञान मावि सम्म आउँदा विद्यालयको प्रगति हजारौं गुणा बढेको भन्दै यसका सबैको उच्च योगदान रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानरपालिका वडा नम्बर १० का अध्यक्ष बलु पुन, शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली सहित शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज न्यौपाने, अभिभावक संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए ।

वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो ।

मुल समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक प्रगती विवरण प्रस्तुत गर्नु भएको कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।

त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ठ ३४ जना शिक्षकलाई ‘कालिका पदक’बाट सम्मान समेत गरिएको छ । कालिका बर्ष शिक्षकको रुपमा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेलाई सम्मान गरिएको छ । साथै विद्यालयका विभिन्न तहका ईन्चार्ज तथा उत्कृष्ठ नतिजा प्रदान गर्ने अन्य ३४ जना शिक्षकलाई ‘कालिका पदक बाट सम्मानित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?