ट्रेंडिंग:

>> लुम्बिनी अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा >> सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो >> पुँजीगत खर्च बढाउन नागरिक समाजको ध्यानाकर्षण >> पण्डितपुरमा पुरातत्व विभागको उत्खनन् >> कालिकाको शैक्षिक उपलब्धि सिकाईको श्रोतः मुख्यमन्त्री >> छैठौं राष्ट्रपति रनिङशिल्डको उपाधि हसनापुर माविलाई >> बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा >> बुटवल मेलामा विद्यालयस्तरीय लोकदोहोरी र भजन चुट्का प्रतियोगिता >> सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तिलोत्तमा व्यापार संघको माग >> सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित >> रवि लामिछानेको सांसद पद निलम्बनमा >> अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक >> दोहोरो अंकको गिरावट, १३.५३ अंकले घट्यो नेप्से >> ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो >> हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित >> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण

अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

भैरहवा, ७ पुस ।

अवैध मदिरा नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले अवैध मदिराका कारण राजस्व गुम्नुका साथै व्यवसायी पनि मर्कामा परेको बताएका हुन् ।

शनिबार मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको चौथो साधारणसभामा सरोकारवालाहरुले अवैध मदिरा नियन्त्रण गर्न हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

भैरहवामा भएको साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष बाबुराम पाण्डेयले व्यवसायीहरुको हकहितका लागि व्यवसाय सञ्चालन गर्दा आएका बाधा, अड्चन र समस्यालाई समाधान गर्न सम्बन्धित निकायमा पहल गर्दै आएको बताए । उनले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन बुलन्द रुपमा आवाज उठाउँदै आएको बताए । अध्यक्ष पाण्डेले भने, ‘मदिरा व्यवसायी संघ भैरहवाका व्यवसायी सदस्यहरुको सक्रियताका कारण आर्थिक मन्दीले थिचेको अवस्थामा र व्यवसाय छोड्न बाध्य भएको अवस्थामा पनि संस्थामा आबद्ध सदस्यहरुको संख्या १५० जना रहेको छ ।’ व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरुलाई पनि संघले निरन्तरता दिदै आएको उनको भनाइ छ ।

संघका महासचिव यादव पोख्रेलले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले अवैध मदिरालाई नियन्त्रण गर्नुपर्ने बताए ।

मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय भुसालले व्यवसायीको समस्या समाधानमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कसैले पनि गलत काम गर्न नहुनेमा जोड दिए । उनले मदिरा व्यवसायी संघ भैरहवाले राम्रो र महत्वपूर्ण कार्य गर्दै आएको भन्दै संस्थाको प्रशंसा गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले मदिरा व्यवसायी संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि गर्दै आएको बताए । उनले यो संस्थासँग क्लबले सहकार्य गर्दै आएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालमा भित्रिने मदिराका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । उनले तस्करीलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले भैरहवा पर्यटकीय क्षेत्र पनि भएकाले राती छिट्टै बजार बन्द गरेर पर्यटन प्रवद्र्धन हुन नसक्ने जिकिर गरे ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले सामूहिक प्रयासले अवैध मदिरालाई निरुत्साहित गर्न सकिने बताए । उनले अवैध मदिरा विक्रीवितरण कार्यलाई कसैले पनि प्रोत्साहन गर्न नहुने बताए । उनले कहीकतै गलत भए सूचना दिन व्यवसायीलाई आग्रह गरे । उनले मदिरा विक्रीवितरण गर्दा अन्तशुःक स्टीकर सक्कली हुनुपर्ने र बीलविजक जारी गर्नुपर्ने बताए । ‘हामी सबैको नजर अन्तशुल्कजन्य कारोबारमा रहन्छ, यो क्षेत्रमा अनुगमन र अनुसन्धान बढी हुन्छन्’ उनले भने, ‘हामीसँग भाग्नुपर्दैन । तर, अनुगमन गर्न जाँदा सटर बन्द गर्नु भनेको केही गलत भयो भन्ने हामीलाई लाग्छ । हाम्रो ध्यान अनुसन्धानतर्फ जान्छ । गलत गर्नेहरु सजायको भागिदार हुनैपर्छ ।’

उनले अवैध मदिरा नियन्त्रण समितिको हालै बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए । उनले सुरक्षा र प्रशासनको एकल प्रयासले अवैध मदिरा नियन्त्रण हुन नसक्ने भएकाले सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नक्कली र कम गुणस्तरका तथा कर छलेर मदिरा विक्री भइरहेको गुनासो आएकाले गुनासो सम्बोधन गर्न व्यवसायीहरुको साझेदारी आवश्यक रहेको बताए । उनले भने, ‘यहाँहरु व्यवसायमा संलग्न हुनुहुन्छ । व्यवसाय भनेको समस्याको बीचमा गर्ने कार्य हो । राज्यकोतर्फबाट यहाँहरुको उचित संरक्षण गर्ने र यहाँहरुको व्यवसायिक उत्थानका क्रियाकलापमा साझेदारी गर्न तत्पर छौं ।’ प्रजिअ घिमिरेले अनुशासित र मर्यादित भइ पेशाको मर्मअनुसार दायित्व पूरा गर्न आग्रह गरे । उनले सामाजिक कार्यलाई अझ बढाउन व्यवसायीलाई आग्रह गरे ।

पत्रकार गुप्तासहित विभिन्न व्यक्तिहरु सम्मानित

यसैबीच मदिरा व्यवसायी संघ भैरहवाले आफ्नो चौथो साधारणसभामा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरेको छ । संस्थाका विभिन्न गतिविधिबारे सम्प्रेषण गरी सञ्चार क्षेत्रबाट सहयोग पुर्याएको भन्दै गुप्तालाई नगद रु। ११ हजारसहित सम्मान गरिएको मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता गौतमबुद्ध सन्देश दैनिक, खबरपात्रो डटकम, बुद्ध सामुदायिक र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सह–कोषाध्यक्ष र नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् ।

कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाको कार्यालय सञ्चालन लागि निःशुल्क रुपमा कोठा उपलब्ध गराउने संघका सचिव तेज बहादुर खत्री, गोर्खा ब्रुअरीका एरिया इञ्चार्ज सुमन रेग्मी र लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित अध्यक्ष कमल रायमाझीलाई सम्मान गरिएको संघका महासचिव यादव पोख्रेलले बताए ।

संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले विगतका वर्षदेखि नै भैरहवास्थित विश्वकर्मा मन्दिर परिसरमा साधारणसभा तथा वनभोज कार्यक्रम गर्दै आएको बताए । उनले यसले यो ठाउँको प्रचारप्रसारमा पनि टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?