© २०२३
काठमाडौं ।
हालसम्म फराम रहदैँ आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् ।
यसअघि फरार रहदैँ आएकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।
ललितपुर, भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर २० लाख रुपैयाँ असुलेको घटनामा उनी मुछिएकी थिइन । सो रहस्य खुले पछि शाहीलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।
घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा भने यसअघि नै पक्राउ परिसकेका छन ।