काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। कर्मचारी मनसुन नेपाल विरुद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोप लगाइएको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा पाएको भन्ने उजुरीको आधारमा छानबिन गरिएको थियो। छानबिनका क्रममा नेपालले क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा पाउनका लागि एसएलसीको लब्धाङ्कपत्र र परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौंको नाममा नक्कली चारित्रिक प्रमाणपत्र पेश गरेको पाइएको छ।
यस घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरी कारवाही अघि बढाएको जनाएको छ।