© २०२३
धनगढी ।
कैलालीमा प्रहरीले आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू भारतको उत्तर प्रदेशका दिपक गुप्ता (४४ वर्ष) र सुमित बर्मा (३४ वर्ष) रहेका छन्।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार धनगढी उपमहानगरपालिका-३ को ट्राफिक चौराहाबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ५४९.200 ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, १ हजार २८० भारतीय रूपैयाँ, एक भारतीय गाडी, एक ल्यापटप, र दुई वटा मोबाइल बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको र उनीहरूले नेपालमा बिक्री गर्ने उद्देश्यले सुन तस्करी गरी ल्याएको पाइएको छ।
एसपी विष्टले पत्रकार सम्मेलनमा भनें कि सुनसहित पक्राउ परेका भारतीय नागरिकलाई कैलाली भन्सार कार्यालयमा बुझाइनेछ, र थप कारवाहीको प्रक्रिया जारी रहनेछ।