© २०२३
दार्चुला ।
महाकाली नगरपालिका-५ स्थित किम्तडी नजिकको ठण्याकाठा भीरमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलंगा-गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको भएको छ ।
आज बिहान ८ बजेतिर सडक निर्माणको क्रममा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने काम भइरहेको र करिब डेढ/दुई घण्टाभित्र सडक सञ्चालनमा आउने सक्ने सम्भावना रहेको बताइएको छ ।
बिहानको समयमा पहिरो खस्दा सदरमुकाम आवतजावत गर्न समस्या भएको छ ।