ट्रेंडिंग:

>> सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित >> रवि लामिछानेको सांसद पद निलम्बनमा >> अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक >> दोहोरो अंकको गिरावट, १३.५३ अंकले घट्यो नेप्से >> ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो >> हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित >> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

अर्घाखाँची,७ पुस ।

लुम्बिनी प्रदेशका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ। यो शिविर कान नसुन्ने र वृद्ध नागरिकहरूको लागि विशेष गरी फाइदाजनक साबित भएको छ।

शिविरमा कान नसुन्ने वृद्धबृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी श्रवण शक्ति परीक्षण, हेयरिङ्ग एड सामग्री वितरण र अटिजमका बिरामीलाई निशुल्क परामर्श सेवा उपलब्ध गराइँदा जेष्ठ नागरिकहरू निकै खुशी भएका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार, नाक, कान र घाटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य र डाक्टर विद्वान भुसालको टोलीले बिरामीहरूको चेकजाँच गरेका थिए। यस शिविरले वृद्ध र विपन्न नागरिकहरूको लागि प्रत्यक्ष फाइदा पुर्याएको र ठूलो सहयोग पु¥याएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताएका छन्।

पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरले आयोजना गरेको यस शिविरको उद्धाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले दीप प्रज्वलन गरी गरेका थिए। मन्त्री ढकालले स्वास्थ्य शिविरलाई अत्यन्त लाभकारी र उपयोगी रहेको उल्लेख गर्दै, प्रदेश सरकारले निरोगी र स्वस्थ नागरिक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।

प्रदेश सांसद रामजी प्रसाद घिमिरेले यस्ता जनमैत्री कार्यक्रमहरूलाई सबै सरकारहरूको प्राथमिकता बनाउनुपर्ने र यस शिविरले प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे।

शिविरमा १९२ जना नागरिकले सेवा लिए, जसमा ७ जनालाई निःशुल्क कान सुन्ने मेसिन वितरण गरिएको थियो। कार्यक्रम गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो, र प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले स्वागत मन्तव्य दिएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?