ट्रेंडिंग:

>> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध >> सरकारले आधारभूत अस्पताल निर्माण योजना अघि बढायो >> एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान >> मानवअधिकार संस्थाको ओलीलाई पत्र: न्याय आयोग नियुक्ति अघि बढाउन आग्रह >> बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो >> बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो >> जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने : मन्त्री सिंह >> अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी, दुई जनालाई पक्राउ >> चितवनमा पत्रकारमाथि आक्रमण, रास्वपाका दीपक सेडाईं पक्राउ >> नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदको अवसर, दरखास्त २५ पुससम्म खुला >> आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द >> अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ >> काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने

सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

पोखरा, ५ पुस ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। यद्यपि, सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ।

‘थप जाहेरी परेकाले पहिलो चरणमा पक्राउ परेका जीवीसहित १९ जनाविरुद्ध मुद्दा आजै दर्ता गर्दैछौं भने रविसहितको हकमा आइतबार हुने छ’, कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले भनिन्।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो। सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन्।

सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन्। सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन्।

प्रहरीले सूर्यदर्शन सहकारीका वचतकर्ताको रकम हिनामिनाका विषयमा लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। तर, फेरि जाहेरी परेकाले अभियोजन पेश गर्न लागिएको न्यायाधिवक्ता काफ्लेले बताइन्।

अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरेका थिए। उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ।

सूर्यदर्शनबाट जीबी राइ समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ। सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ।

जीबी समूहले २०६५ सालमा पोखरामा खोलेको सूर्यदर्शन सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको प्रतिवेदनमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?