© २०२३
काठमाडौं ।
चितवनमा पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने घटनामा संलग्न भएको आरोपमा दीपक सेडाईं पक्राउ परेका छन्। उनलाई बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो।
दीपक सेडाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नजिकको व्यक्ति रहेको बताइएको छ। यो घटना १८ मंसिरमा रास्वपाका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी रकम ठगीको मामलामा बयान दिन चितवन ल्याइएको समयमा भएको थियो। त्यस क्रममा लामिछानेलाई समर्थन गर्दै उनका समर्थकहरूले चितवनमा प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा रिपोर्टिङमा रहेका पत्रकार सन्तोष देउजामाथि आक्रमण भएको थियो। देउजा कपुरबोट मिडियाका सञ्चालक समेत हुन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जानकारी दिएको छ।