Butwal Today

रवि लामिछानेको हिरासतको तस्विर सार्वजनिक गर्ने भुषाल माथि कारबाही हुने

४ पुष २०८१, बिहीबार
अ+
अ-

पोखरा, ४ पुस ।

पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्नेलाइ कारबाही हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई कारवाही गर्ने भएको हो ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ । ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

रवि हिरासतमा सुतिरहेको फोटो डा. भुषालले फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?