ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

किसानको आँगनमै जनप्रतिनिधि

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

लमही, ४ पुस ।
राजपुर गाउँपालिकाका जनप्रतिनिधिहरूसहितको टोलीले मङ्गलबार दिनभर वडा नम्बर ४ अन्तर्गतका रोहिनियाँ, दुलैया र खाल्सा गाउँमा किसानहरूको खेतबारी र गोठमा स्थलगत अनुगमन गरेको छ ।
यो अनुगमन समुदायमा आधारित कार्यसञ्जाल संस्था “दक्षिण देउखुरी अधिकार मञ्च“ को आव्हानमा गरिएको हो। यस क्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कृषि, पशु, महिला तथा बालबालिका, सूचना प्रविधि शाखाका प्रमुखहरू र वडा अध्यक्षहरू सहभागी भएका थिए । टोलीले किसानहरूले गरिरहेको तरकारी खेती, बंगुर, बाख्रापालन, ब्रोइलर व्यवसायलगायत गतिविधिको अध्ययन गर्न किसानहरूको घर–घरमा पुग्यो ।
“गाउँपालिकाका जनप्रतिनिधिहरू भोट माग्नमात्र आउँछन् भन्ने सोच्थ्यौं । तर, यसरी अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू आफ्नै आँगनमा आएर हाम्रो खेतीपाती हेर्नु खुसीको कुरा हो,” खाल्सा गाउँकी बाख्रा पालक किसान चित्रकला पुनले भनिन् ।
बंगुर पालन गर्दै आएकी रोहिनियाँकी पुष्पा चौधरीले दक्षिण देउखुरी अधिकार मञ्चको खोर सुधार अनुदानले व्यवसाय गर्न सजिलो भएको बताइन् । उनले भनिन्, “बंगुर बेचेर घरखर्च चलाउन सफल भएकी छु । संस्थाले दिएको सानो सहयोगले जिविकोपार्जन गर्न थप प्रेरणा मिलेको छ ।”
दक्षिण देउखुरी अधिकार मञ्चले रोहिनियाँ, दुलैया र खाल्सा गाउँका २३ परिवारलाई जनही ५ हजार रूपैयाँका दरले खोर सुधारका लागि सहयोग गरेको छ । अध्यक्ष देवराज कुँवरका अनुसार, संस्थाले राजपुर र गढवा गाउँपालिकाका १५ वटै वडाका बिपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आयआर्जन र जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्थाले समुदायका सदस्यहरूलाई बाख्रा पैंचो कार्यक्रम, घुम्ती कोष वितरण, सुधारिएको धुवाँरहित चुल्हो निर्माण, छात्रवृत्ति, पशुपालन, तरकारी खेती, किराना पसल सञ्चालनजस्ता गतिविधिमा अनुदान प्रदान गरिरहेको छ । मङ्गलबार आयोजित कार्यक्रममा २३ जना बाख्रा र बंगुर पालक किसानहरूलाई जनही ५ हजारका दरले कुल १ लाख १५ हजार रूपैयाँ वितरण गरिएको छ । कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले दक्षिण देउखुरी अधिकार मञ्चले गरेको उदाहरणीय कामले पालिकालाई टेवा पु¥याएको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले संस्थाका सकारात्मक गतिविधिहरूमा पालिकाको निरन्तर सहयोग रहने बताइन्। प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगी, पशुपक्षी शाखाका प्रमुख डा. दीपक नेपाली, कृषि शाखा प्रमुख रिता भण्डारी, महिला तथा बालबालिका शाखाकी प्रमुख सुनिता चौधरीलगायतले पनि कार्यक्रमलाई सम्बोधन गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?