ट्रेंडिंग:

>> आज फेरी घटयो नेप्से >> पावर प्लेमा सुदुरपश्चिम आक्रामक >> हङकङबिरूद नेपाल २२६ रनले बिजयी >> शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले चार नयाँ उपसमिति गठन >> सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश >> सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट >> राज्य व्यवस्था समितिमा विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव >> जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य >> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार

शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले चार नयाँ उपसमिति गठन

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

काठमाडौँ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चारवटा उपसमिति गठन गरेको छ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिले स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति गठन गरेको हो।

समितिका सभापति अम्मरबहादुर थापाकाअनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमितिमा डा.तोषिमा कार्की, दीपा शर्मा, छविलाल विश्वकर्मा, डा.चन्द्रकान्त भण्डारी, महेन्द्रकुमार राय, रेखा शर्मा, रामप्रकाश चौधरी छन्।

युवा तथा खेलकुद अध्ययन उपसमितिमा डा.चन्द्रकान्त भण्डारी, प्रभु हजरा, दीपा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्र राय यादव, डा.तोषिमा कार्की, विनिताकुमारी सिंह छन्।

शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमितिमा देवेन्द्र पौडेल, डा. कालुराम राई, सरिता भुषाल, संगीता मण्डल धानुक, लिलादेवी बोखिम लिम्बू, सुमना श्रेष्ठ, रामप्रकाश चौधरी छन्।

सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमितिमा छविलाल विश्वकर्मा, ईश्वरी घर्ती, धनराज गुरुङ, लिलादेवी बोखिम लिम्बू, रेखा शर्मा, सुमना श्रेष्ठ, विना जैसवाल छन्।

समिति सभापति थापाले उपसमितिले आफ्नो क्षेत्रअधिकारभित्र पर्ने निकायहरुको नीति तथा कार्यक्रम, श्रोत परिचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारी आश्वासन, प्रत्यायोजित विधायन तथा ति निकायहरुका अन्य काम, कारबाही एवं क्रियाकलापहरुको अध्ययन गर्ने बताए।

अध्ययनका सिलसिलामा उपसमितिले स्थलगत अवलोकन, अन्तरक्रियालगायत संसदीय निगरानीसम्बन्धी सबै कार्य गर्नसक्नेछ।

उपसमितिहरुको कार्यावधि १ वर्ष हुनेछ भने प्रत्येक ३ महिनामा समितिसमक्ष कार्यप्रगति पेश गर्नुपर्नेछ। उपसमितिले सदस्यमध्येबाट संयोजक चयन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?