© २०२३
काठमाडौंमा प्रहरीले स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, महानगरपालिका-१० का १८ वर्षीय एक किशोर, महानगरपालिका-७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी रहेका छन्।
मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार अवस्थामा नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट ६८ लाख रूपैयाँ, ५ थान चेक र ५ थान मोबाइल बरामद गरिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको जानकारी दिइएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी