© २०२३
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गरेका छन्। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा, राजदूत शम्सीले युएईका उपराष्ट्रपति र प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमबाट आगामी फेब्रुअरी दोस्रो साता दुबईमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन पठाइएको निमन्त्रणा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे।
भेटका क्रममा, दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउनका लागि विभिन्न पहलहरूको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, यस अवसरमा पूर्व सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी समयको लागि व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी जस्ता विभिन्न क्षेत्रहरूमा भविष्यमा हुने सम्झौताहरू र सहकार्यको बारेमा पनि विचार विमर्श गरिएको थियो।