ट्रेंडिंग:

>> गण्डकी आयोगको निजामती विधेयकमा सुधार प्रस्ताव >> मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र >> काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ >> अन्तर्राष्ट्रिय आप्रवासी दिवस: नेपालको अर्थतन्त्रमा विप्रेषणको बढ्दो योगदान >> लामखुट्टेबाट बनाइरहेको छ युक्रेनले खतरनाक जैविक हतियार >> प्रधानमन्त्री ओलीसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट >> नेपाल विद्युत् प्राधिकरणको नाफा रु ९ अर्ब ११ करोड ३२ लाख >> नेपालभर अवैध लागूऔषधसहित १० जना पक्राउ >> एनपीएल क्रिकेट : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा >> त्रिविको जग्गा जसरी पनि सरकार मातहत ल्याइन्छः प्रधानमन्त्री >> भारतको थोक मुद्रास्फीति दर नोभेम्बरमा १.८९ प्रतिशतमा घट्यो >> बनाईयो ‘आँशु बन्दुक’, रुवाउनेलाइ हान्न सकिने >> रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा >> एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने >> चीनको नयाँ घोषणाः १० दिनका लागि ५४ देशका पर्यटक फ्रि भिषामा घुम्न सक्ने >> इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार >> बेलायतमा भेटियाे पूर्ण गोलाकारको दुर्लभ अण्डा, ३३ हजारमा भयो लिलामी >> कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य >> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य

पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्‍भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ता भेटघाटका क्रममा सभापति बलायरले उक्त कुरा बताएका हुन्।

अहिलेको अवस्थामा फरक विचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एक अर्काप्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने उनले बताए। बलायरले आफूले प्रदेशमा सकेजति राम्रा काम गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे।

‘सकिने कुरामा लागेकै छु। म निर्वाचित हुनुअघि गोदावरीमा लास जलाउन निकै समस्या थियो। अहिले त्यो समस्या  समाधान भएको छ। कांग्रेसका नेता कार्यकर्ताले अतालिनु हुँदैन। धैर्यता राखेनौं भने देशको अवस्था झन् नाजुक बन्छ,’ उनले भने।

आफ्नो निर्वाचन क्षेत्रमा विगतभन्दा केही फरक गरेर देखाउने उनले बताए। मंगलबार निर्वाचन क्षेत्रका वस्ती भेटघाटका क्रममा उनले विगतभन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसिमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने उनको दाबी छ।

‘काम गरौंला, गर्ने हुँ, चुप लाग्ने होइन। काम गर्न तपाईंहरूले मलाई निर्वाचित गरेर पठाउनुभएको हो,’ बलायरले भने। उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भइरहेको बताएका छन्।

‘म स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको छु। हजपुरबाट निगालीसम्म ५५ करोडको ठेक्का परिसकेको छ। गोदावरी नगरपालिकामा एडिबीका सात वटा सडकका लागि ४० करोड विनियोजनको निर्णय भएको छ। कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका विश्व बैंकसँग कुरा गरिसकेको छु। यस्तो महत्त्वका थुप्रै योजना ल्याउन र सफल कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहने छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?