ट्रेंडिंग:

>> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी

‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

भैरहवा, ३ पुस ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ। विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ । निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि सो विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ ।
विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अझै प्रबन्ध हुन नसक्दा यसको निरन्तरताप्रति प्रश्न उब्जिरहेको छ । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै निर्माण नहुँदा विमानस्थल सञ्चालन हुन्छ कि हुँदैन भन्नेमा दुविधा रहेको बताउँछन् ।
“अहिलेको अवस्था हेर्दा अब अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन्छ भन्नेमा व्यवसायी र यहाँका नागरिकलाई विश्वास छैन”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?