ट्रेंडिंग:

>> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी >> रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने >> नेपाली महिला क्रिकेटले रच्यो इतिहास

सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ?

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

वुटवल, ३ मंसिर ।
गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिएका छन् । उनले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिए । ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छ’ गृहमन्त्रीले भने –‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताए। उनले शान्ति सुरक्षा खलबलिनेवितिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा रहेको बताए । उनले संविधानको सहि कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे । गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास रसमृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको बताए ।
लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने उनले बताए । उनले गोष्ठी विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताउँदै परिणाममुखी बनाउन आग्रह गरे । गृहमन्त्री लेखकले सरकार फेरिने हल्ला अस्थिरताका कारक भएकोले यस्ता गलत हल्लाका पछि नलाग्न आग्रह गरे । उनले यो गठबन्धन स्थायित्व र शुसासनका लागि भएकोले ०८४ सम्म कायम रहने विषयमा कुनै भ्रम नरहेको बताए । गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री आदेशकुमार अग्रवाल, नेपाल प्रहरीका प्रहरी प्रमुख वसन्त कुँवरसहित लुम्बिनी प्रदेका १२ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ । गोष्ठीमा सीमा सुरक्षा, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौतीका विषयमा छलफल गरिने गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?