© २०२३
बुटवल, २ पुस । नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशले विविध रचनात्मक कार्यक्रम गर्ने भएको छ । संघको मंगलबार बसेको बैठकले यो वर्षमा स्वस्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर विभिन्न कार्यक्रम गर्ने भएको हो ।
बैठकमा संघका अध्यक्ष डा कृष्ण खरेलले आफनो कार्यकालमा मुख्य ३ वटा कार्यक्रम गर्ने बताए । स्वस्थ्यका लागि खेलकुद नारासहित यस क्षेत्रका विभिन्न ब्यवसायिक र सामाजिक संघसंस्थाहरुको सहभागितामा कार्यक्रम गरिने भएको हो । पुसको २७ गते स्वस्थ्यको लागि दौड नारासहित बुटवलमा दौड गर्ने भएको छ । प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय हुनेलाई नगद १५, १० र ७ हजार रुपैया पुरस्कार समेत राखिएको उनले बताए । यसैगरि फागुन २० गते चिकित्सक दिवस र नेपाली नया वर्षको अवसरमा चिकित्सकहरुको बिचमा भातृत्व विकास हुने गरि कार्यक्रम समेत गर्ने उनले बताए ।
बैठकमा महासचिव डा प्रकाश बस्नेतले कार्यक्रम भब्य र सब्य बनाउने विभिन्न संघसंस्थाहरुसग सहकार्य गर्ने समेत बताए ।
बैठकमा संघको उपाध्यक्ष वर्षा थापा, कोषाध्यक्ष डा रमेश भट्टराई, कानुनी सल्लाहकार अधिवक्ता गोबिन्द प्रसाद मरासिनीले संस्थागत सम्बन्ध बिस्तार र विकासमा अघि बढ्ने गरि कार्यक्रमहरुमा जोड दिन सुझाव दिए ।