© २०२३
कपिलबस्तु, २ पुस ।
महिनौदेखि गाउँ बस्तीमा त्रास फैलाइरहेका चितुवा नियन्त्रणमा लिइएको छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोली नियन्त्रणमा लिएको हो । डिभिजन वन कार्यलय गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ६ श्रीनगर गाउँको उखुबारीबाट चितुवालाई ‘क्यामरा ट्रयाप’ गरेर नियन्त्रणमा लिइएको उनले बताए ।
एक महिना पहिले स्थानीयले खबर गरेपछि पदमार्ग पहिचानबाट चितुवा नै रहेको यकिन भएको हो । चितुवा नियन्त्रणका लागि २ वटा ट्रयापमा ६ वटा क्यामेरा जाडान गरी अनुसन्धान गरी रहेको उनको भनाइ छ । महाराजगन्ज नगरपालिकाको बुटहनिया र कृष्णनगर नगरपालिकाको श्रीनगरको उखुबारीमा क्यामेरा जडान गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाबाट २ जना प्राविधिक र डिभिजन वन कार्यलय गौतमबुद्धबाट ५ को टोलीले ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख क्षेत्रीको भनाइ छ । कपिलबस्तु साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष गंगेशनाथ तिवारीका अनुसार चितुवाले बस्तीमा रहेका निलगाई, त्यसका बच्चा, बाख्रा लगायतका जनावार खाएको र चितुवाले गर्दा गाउँमा बस्तिमा त्रास फैलिएको बताए । खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइतबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा परेको चितुवा डिभिजन वन कार्यलय गौतमबुद्धमा राखिएको छ ।