© २०२३
काठमाडौं, १ पुस ।
लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।
रूपेन्देहीमा २ र कैलालीमा १ गरी तीन जना पक्राउ परेका हुन ।
जसअनुसार रूपन्देहीको कञ्चन गाउँपालिका–२ बेहोरी बस्ने ३६ वर्षीय सुशील बोहोरा र २५ वर्षीय सुरेस थारूलाई ३ सय ९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उता, कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट २ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित नगरपालिका–१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी