© २०२३
दाङ, १ पुस ।
दाङको लम्ही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
लम्ही–कोहलपुर सडक खण्डको चिउ खोला सडकमा सोमबार बिहान ६ बजे लु १ जे ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का ६० वर्षीय फुलसी थारु र ४२ वर्षीय तीर्थी थारुको मृत्यु भएको प्रमुख कविराज रोकायले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि लम्ही अस्पतालमा राखिएको छ । कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया सरिता थारु, ५५ वर्षीया सरिता थारुको मृत्यु भएको हो । रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीय फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि लम्ही अस्पताल ल्याइएको छ । गम्भीर घाइतेलाई आफन्तलाई जिम्मा दिएर रेफरल गर्ने काम पनि भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।