ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

कांग्रेसले आफैलाई यस्तो पायोः ‘विवाद उम्लिदै, संगठन मक्किदै’

१ पुष २०८१, सोमबार
१ पुष २०८१, सोमबार

काठमाडौं, ०१ पुस ।
काग्रेसका केन्द्रीय प्रतिनिधिहरूले संगठन प्रभावकारी हुन नसकेको, सदस्यता वितरण विधान अनुसार हुन नभएको, गुटगत समस्या वडातहसम्म रहेको, भ्रातृ संस्थाहरूमा विवाद रहेको लगायतका समस्या औंल्याएका छन् । कांग्रेसको सय दिने विशेष अभियानमा रहेका केन्द्रीय नेताहरूले जिल्ला पुग्दा पाटी उपल्लो तहले निम्त्याएको समस्या तलसम्म पुगेको भेटाए ।

पार्टी संगठनका लागि काम गर्नेगरी ७७ जिल्लामा प्रतिनिधि खटाइएको छ । ७ असोजदेखि सुरु भएको अभियान १६ पुसमा सकिदैछ । अर्खाखाँचीमा खटिएका केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी पंक्तिमा उत्साह नदेखिएको बताए । ‘संगठन राम्रो भएन नै भन्ने छ । भ्रातृ संस्थाहरू चलायमान छैनन् ।’ अभियानमा खटिने प्रतिनिधिका लागि पार्टी केन्द्रले कार्यादेश दिएर पठाएको थियो । प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्ने कार्यादेश छ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन लगाउने जिम्मेवारी दिइएको छ ।

जिल्लामा पुगेका प्रतिनिधिले पार्टीभित्रको समस्या समाधान गर्न लागेपनि माथिल्लो तहका नेताका कारणले सम्भव हुन नसक्ने अवस्था रहेको इलाममा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘प्रतिनिधिले त्यहाँ समस्या भए समाधान गर्न लागेका हुन्छौं । माथिको नेताले मिलाउन नदिने नियत राखे विवाद समाधान गर्न सकिँदैन,’ महरले भने ।

क्रियाशील सदस्यता कार्ड पुगे÷नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्ने जिम्मेवारी दिइएको छ । तर, प्रतिनिधि खटिएका नेताहरूले क्रियाशील सदस्यता वितरण हुन नसकेको जानकारी गराएका छन् । कांग्रेसमा महाधिवेशन हुने वर्ष बाहेक हरेक वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण हुने विधानको व्यवस्था छ । विधान अनुसार सदस्यता वितरण नगरी महाधिवशेन भएकै वर्ष वितरण र नवीकरण गर्ने प्रचलन बनेको छ । विधान कार्यान्वयन गराउने गरी दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पटक पटक तल्लो तहलाई परिपत्र जारी गरेपनि क्रियाशील सदस्यता वितरण र नवीकरण तिव्रता पाउन सकेको छैन ।
पार्टीको चुनाव आएपछि मात्रै तात्तिने प्रवृत्ति पार्टीमा रहेको सिन्धुलीमा खटिएकी केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् । गौतमका अनुसार ‘क्रियाशील सदस्यता वितरण र नवीकरण खासै अघि बढेको देखिएन । क्रियाशील सदस्यता म गएपछि सुरु भएको छ, ।’

क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए नभएको, प्राप्त भएर पनि वितरण भए नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि वढाउने केन्द्रीय प्रतिनिधिलाई कार्यादेश दिइएको छ । क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको भए समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने काम प्रतिनिधिको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणमा उत्साह नआएको डोटीमा खटिएका केन्द्रीय सदस्य गुरु बराल बताउँछन् ।

महाधिवेशनको बेला मात्रै नवीकरण गर्ने कांग्रेसको रोग डोटीमा पनि देखेको बरालले सुनाए ।
केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ । डोटीमा खटिएका केन्द्रीय सदस्य बरालले दुई ठूला दल मिलेर सरकार बनाएकोप्रति जनता र कार्यकर्तामा गुनासो नसुनेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?