ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा

२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

नवलपरासी, २८ मंसिर ।
रामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पूजा विशेष समारोहको आयोजना गरि पूजा सम्पन्न गराएको हो ।
बिहीवार विभिन्न देशका भिक्षु तथा बौद्धमार्गी सहितको विशेष पूजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पूजा गर्दै आएका कुरालाई पनि पुनस्र्थापित गर्न हात्तिद्वारा समेत धातुको पूजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए ।
उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।
स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पूजाले स्थानीयबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी दिनमा यस्तो पूजालाई विश्वब्यापी रूपमा लैजान अझ थप कार्यक्रमहरू गर्दै लैजाने लक्ष्य समेत रहेको छ । यसका लागि देशी विदेशी विभिन्न बौद्ध संघसस्थाहरूको पनि कृयाशिलता बढ्दै जाँदा हामीलाई हौसला बढाएको छ, उनले थपे । उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले डिसेम्बर ११ र १२ २०२४ (मंसिर २७ र २८ गते) रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गरेको हो ।

यो एकता, शान्ति, र भक्ति समारोह हो, जसमा विश्वभरका गुरूहरू, भिक्षुहरू र आध्यात्मिक नेताहरू उपस्थित भएर विशेष अनुष्ठान गर्ने र आफ्नो ज्ञान बाँड्ने छन् । सो दिनलाई महत्वपुर्ण र विशेष बनाउनका लागि हुने प्रमुख आकर्षणहरूमा, विश्वकै ठूलो नाग पूजा समारोह गरिएको छ । जस्को दिव्य शक्तिलाई सम्मान गर्दै आशीर्वाद प्राप्त गर्ने गहन अनुष्ठान गरिने छ । त्यसै गरि पवित्र अवशेषहरूको अद्वितीय संकलन कार्य गरिएको छ । जस्मा संसारभरका पवित्र अवशेषहरूको सबैभन्दा ठूलो जमघट, जसलाई दर्शन र सम्मान गर्ने दुर्लभ अवसर प्राप्त भएको छ ।
त्यसै गरि हात्तीले स्तूपामा फूल चढाउने अनुष्ठानको समेत कार्यक्रम राखिएको छ । जस्ले रामग्राम स्तूपाप्रति समर्पणको एक अद्भुत र प्रतीकात्मक दृश्य देखिने छ । धम्म प्रवचन र ऐतिहासिक चर्चाका कार्यहरू गरिएको थियो । जस्ले रामग्रामको समृद्ध इतिहास, यसको भविष्यको सम्भावना, र हाम्रो साझा दृष्टिकोणबारे आध्यात्मिक नेताहरू र विशेषज्ञहरूद्वारा विशेष जानकारी गराइएको थियो । जुन अभूतपूर्व कार्यक्रम रामग्राम बिकाश कोष द्वारा आयोजित भएको दाबी गरिएको छ । संस्था हाम्रो पवित्र सम्पदाको संरक्षण, रामग्रामलाई विश्वस्तरमा प्रवर्धन गर्ने, र यसलाई नेपालको सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निरन्तर कार्यरत रहेको छ ।

कायक्रम पश्चात केही चिनिया लगानीकर्तासँग रामग्राम स्तुप क्षेत्र सहित रामग्राम नगरपालिकाको समग्र समृद्धिका लागि लगानी सम्मलेन जस्तो कार्य पनि नगरपालिकामा हुने उनको भनाई रहेको थियो । यस कार्यमा स्थानियबासीको पनि सक्रिय सहभागिता देखिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, पूजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महŒव राख्ने स्थान हो, ।
रामग्राम स्तुपमा स्वयं भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ र अर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?