ट्रेंडिंग:

>> अन्तराष्ट्रिय करातेमा नेपाललाई २ स्वर्ण, २ रजत र ३ कास्य पदक >> अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ >> बिहेको भोज खाँदा डोटीमा ५७ जना बिरामी >> आफ्ना साथीको हत्या गर्ने दुई जना सार्वजनिक >> रूपन्देही सुपर लिगमा एमसीसीको जित >> रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता >> सवारीसाधनको आवद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान >> रुपन्देहीमा मनाउदै नेपाल डेरी एसोसियनले स्थापना दिवस >> भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापालाई भलाई कोषले गर्यो सम्मान >> गाजामा युद्धविराम सम्झौताको कार्यान्वयन सुरु >> नेप्से परिसूचक आज १२.५८ अंकले बढ्यो >> वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध >> कोशी प्रदेशमा ५ अर्ब ७८ करोड कर्जा प्रवाह >> स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक सुरु >> अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको इच्छा व्यक्त गरे >> सुन र चाँदीको मूल्य घट्यो >> कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना >> सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दाको तयारी >> लागु औषधसहित पाँच जना पक्राउ >> १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ >> हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’ >> लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने >> दुई पालिका समन्वय गरेर छाडाचौपाया ब्यवस्थापन गर्दै >> पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने >> नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु >> हमास र इजरायल बीच युद्धविराम आजबाट सुरु हुँदै >> १९८५ पछि अमेरिकी राष्ट्रपतिको सपथ बन्द कोठामा हुँदै, जान्नुहोस् कारण!!! >> वेस्टर्नको बिजयी सुरुवात >> यीनै हुन् ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भूमिका? जान्नुहोस् >> मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन? >> फ्रिडम गाईजको वृहत रक्तदान, ७४ युनिट रगत संकलन >> वडा नं ३ को वृहत निशुल्क स्वास्थ्य शिविर >> सडक आश्रित मानवमुक्त रूपन्देही बनाउन महायज्ञ >> स्थानीय जातको बीउ विकास गर्न जलवायुमैत्री कृषक पाठशाला >> नेताहरूको स्वार्थ र घृणित सत्तामुखी चरित्र >> भाडा बढाउने तर अनुगमन नगर्ने किन ? >> लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला >> सत्यवतीमा अल्लोबाट आम्दानी लिँदै महिला >> घोलमा अतिक्रमण बढ्दा दर्जन गाउँलाई डुबानको डर >> खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दै >> कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> गाउँपालिकाको घुम्ती शिविर >> चोरी गर्ने सर्लाहीका दुई जना बुटवलबाट पक्राउ >> समयथान क्याम्पसको नेतृत्वमा पाण्डे >> पूर्व मन्त्री खाँण द्वारा रोहिणी नदी सिचाईको निरीक्षण >> साथीको हत्या अभियोगमा दुईजना पक्राउ >> देवदहमा रोटरीको निशुल्क स्वास्थ्य शिविर >> यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित >> बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी

२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

बुटवल ,२७ मंसिर ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष(खुल्ला)मा विश्वास ढकाल निरविरोध निर्वाचित भएका छन । यो भन्दा पहिला पनि उपाध्यक्ष रहेका ढकाल प्रतिस्पर्धी प्रकाश पाण्डेले उम्मेद्बारी फिर्ता लिएर निरविरोध निर्वाचित भएका हुन ।
रुपन्देही शाखाको अध्यक्षमा भने ३ जनाको उमेद्बारी परेको छ । प्रेस चौतारी र युनियको साझा प्यानलबाट दिनेश पाण्डे चुनावि मैदानमा छन् भने समाजवादी प्रेस संगठनका विनोद परियार र यो भन्दा पहिला उपाध्यक्ष महिला०रहेकी अमृता पाण्डे अनमोलले यो पटक अध्यक्षमा उमेद्बारी दर्ता गरेकी छिन् ।

जिल्ला शाखा अधिवेसनको उपाध्यक्ष महिला पदमा उषादेवी पन्थ, माया केसी र मिना पाण्डे(अस्मीना) चुनावि मैदानमा छन् ।यस्तै सचिव पदमा सीपी खनाल र कविराज अधिकारी चुनावी मैदानमा रहेका हुन । पन्थ सञ्चारिका समुहको अनलाईन महिला आवाजमा काम गर्छीन् भने केसी बुटवल टुडे पत्रिकामा काम गर्दै आएकी छिन् । यस्तै पाण्डे रेडियो मुक्ती, हाम्रो प्रयास डटकम र लुम्बिनी टीभीमा काम गर्दछिन् ।
यस्तै सह सचिव पदमा झविन्द देवकोटा, टेकराज भुषाल चुनावि मैदानमा छन् । देवकोटा विगत दुई दशक देखि पत्रकारितामा सक्रिय छन् । उनि बुटवल एफएम, तिलोत्तमा पत्रिकामा काम गर्दछन् । यता भुषाल भने पत्रकारिता भन्दा पनि राजनीतिमा सक्रिय व्याक्ति हुन ।
सह सचिव समावेशीमा सुमन श्रेष्ठ, राधेश्याम विश्वकर्मा र सुनिता चँदाली मैदानमा छन् । श्रेष्ठ खस्यौली एफएमका स्टेशन प्रमुख सहित त्यहा कार्यक्रम समेत चलाउँछन्,विश्वकर्मा भैरहवाबाट एपीवान् टेलिभिजनमा काम गर्छन ।

कोषाध्यक्ष पदमा नरेश केसी र सञ्जय विश्वकर्मामा चुनावि मैदानमा रहेका छन् । केसी भैरहवामा रहेको समता टेलिभिजनको प्रमुख हुन भने विश्वकर्मा यो भन्दा पहिला पनि कोषाध्यक्ष थिए ।
सदस्य तर्फ महिला रुबीना थापा, अनिता चौधरी चुनावी मैदानमा छन् । रुविना थापा भैरहवाको लुम्बिनी खबरमा काम गर्दछिन् भने अनिता चौधरी रेडीयो सैनामैनाको स्टेशन प्रमुख बाट राजीनामादिएर निस्क्रीय रुपमा बसीरहेकी छिन् ।

दलित सदस्यमा कृष्ण रणपाल, टक बहादुर सुनारले उमेद्बारी दिएका छन, रणपाल दैनिक पत्र पत्रिकाका विज्ञापन शाखा प्रमुख हुन भने सुनार लुम्बिनी विकास कोषमा उपाध्यक्षको सचिवाललयमा काम गर्दछन् । दुबै जना पत्रकारितामा सक्रिय छैनन् ।
आदीबासी जनजाती सदस्यमा नरेश चौधरी र सनु थापा ले उमेद्बारी दिएका हुन । चौधरी रेडियो टाईम्स सैनामैनाका स्टेशन प्रमुख हुन् भने थापा हाल पत्रकारिता भन्दा पनि गैरसरकारी संस्थामा क्रियाशिल छन् ।
यस्तै मधेसी सदस्यमा झब्बर यादव, हृदयराम गुप्ता ले उम्द्बारी दिएका छन् ।
अन्य समावेशीमा भने गोविन्द बहादुर घर्ती निरविरोध निर्वाचित भएका छन् । सदस्यहरुमा ८ पदमा १९ जनाले उमेद्बारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?