© २०२३
काठमाडौं, २७ मंसिर ।
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज शुरु हुँदैछ। यस अधिवेशनको अध्यक्षता प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली गर्नेछन्।
अधिवेशनमा विश्वविद्यालयका नीति र नियममाथि छलफल गरिनेछ। त्रिभुवन विश्वविद्यालयको सभा वर्षमा दुई पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति, कार्यक्रम र बजेट पेश गरिन्छ भने हिउँदे अधिवेशनमा मुख्यत: नीति र नियमबारे छलफल हुन्छ।