© २०२३
जाजरकोट, सुर्खेत ।
जाजरकोटको नलगाड नगरपालिका क्षेत्रमा एक जीप दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे भएको दुर्घटनामा जिप चालक ईन्द्रजित थापा (३१ वर्ष), शिला पुन (६५ वर्ष), शारदा थापा (३३ वर्ष), लक्ष्मी पुन रोका (१७ वर्ष), र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन्।
दुर्घटना कालीबाटीबाट करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिपको भएको हो। यस जिपको ब्रेक फेल भएर जिप ८०० मिटर तल खसेको बताइएको छ। यस दुर्घटनामा दुई जना घाइते भएका छन्।