© २०२३
चन्द्रौटा(कपिलवस्तु), २५ मंसिर ।
प्रकृति(मानव केन्द्रित जन अभियान लुम्बिनी प्रदेश स्तरिय भेला गरिएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर(४, गेलवारमा भएको भेलाले शिवराज नगरपालिकाका पुर्व मेयर नेत्रराज अधिकारी ९कपिलवस्तु० को नेतृत्वमा १९ सदस्यीय समिति चयन गरिएको हो ।
यस्तै पूर्व कृषि मन्त्री आरती पौडेल(बाँके) लाई उपाध्यक्ष निर्वाचित भएकी छन् । भने सचिवमा (नवलपरासी) तीर्थराज उपाध्याय सहसचिवमा ९अर्घाखाँची० मेनुका पौडेल, कोषाध्यक्षमा लुम्बिनी प्रदेश समितिका पूर्व सांसद माला गोतामे लगायत चयन भएको जनाइएको छ ।
केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद गौतमले जन अभियानले सार्थकता पाउने बताउँदै नव निर्वाचित पदाधिकारीहरुको सफलताको शुभकामना व्यक्त गरे । उनले समग्र प्रदेशका विकास गर्न जन अभियान महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा दुई वटा कार्यपत्र समेत प्रस्तुत गरिएका थिए । पर्यावरण र कृषि क्षेत्रमा परेका समस्याबारे कार्यपत्रको बिषयवस्तु प्रस्तुत गरिएको जन अभियानले जनाएको छ । घनश्याम सुबेदी, केन्द्रिय सदस्य टेकराज पौडेल लगायतले सोमबार भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।