Butwal Today

हिउँदे वर्षा सुरु : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

२५ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ –

पश्चिम नेपालमा हिजोदेखि हिउँदे वर्षा शुरू भएको छ । पश्चिमी वायु तिब्बततिर सरेको र हावामा रहेको बाष्प थोरै भएको करण हिउँदे वर्षा सुदूरपश्चिम र कर्णालीमा मात्र सीमित भएको मौसमविद्ले बताएका छन् ।

हिजो  सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा भएको छ । मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा  हिमपात भएको छ ।

आजदेखि फेरि मौसममा सुधार आउने मौसमविद् प्रतिभा मानन्धरले बताए । पश्चिमी वायुको थोरै प्रभावले देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भएको छ । तराई क्षेत्रमा बिहान केही समय हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका  पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम बदलीसँगै काठमाण्डौ उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?