ट्रेंडिंग:

>> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि

एक सय ४४ जनामा एचआइभी संक्रमण

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

नवलपुर, २३ मंसिर ।

पुर्वी नवलपरासीमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ४४ जनालाई एचआइभी संक्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति रहेका छन् ।

गत कात्तिक मसान्तसम्म एआरटी (एन्टी रेट्रो भाइरल) सेन्टर चोरमारामा एक सय ४४ जनालाई एचआइभी संक्रमण लागेको विवरण दर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मध्यविन्दु नगरपालिकामा ४८ जना संक्रमित छन् । त्यसैगरी कावासोती नगरपालिकामा ३४, हुप्सेकोट गाउँपालिकामा १४, विनयी त्रिवेणीमा १०, देवचुलीमा २ र गैँडाकोटमा एक जनालाई एचआइभी संक्रमण देखिएको छ ।

त्यस्तै स्थायी ठेगाना चितवन लेखाएका ४, पाल्पाका ४, रुपन्देहीका ३ र तनहुँका एक जनामा पनि संक्रमण देखिएको छ । टेक्निसियन निरीक्षक तिवारीका अनुसार आफ्नो जिल्लामा परीक्षण गर्दा गोपनीयता भंग हुने डरले अन्य जिल्लामा गएर परीक्षण गराउने गरिएको छ ।

संक्रमितमध्ये ६३ जना पुरुष, ५६ महिला र २ जना तेस्रो लिङ्गी छन् । ९ जना स्थानान्तरण भई अन्यत्र गइसकेका छन् । ६ जनाले औषधी सेवन गर्न छोडेका छन् । अहिलेसम्म ७ पुरुष र एक महिला गरी ८ जनाको एचआइभी संक्रमणबाट मृत्यु भएको तिवारीले बताए ।

आर्थिक वर्ष २०८०÷८१ मा पत्ता लगेका १२ जना संक्रमितमध्ये दुई जना १५ वर्ष मुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको गत असारसम्मको तथ्यांकअनुसार गण्डकी प्रदेशमा दुई हजार ८२५ जनामा संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ४२६ जना संक्रमित छन् । त्यस्तै स्याङजनामा तीन सय ८०, तनहुँमा दुई सय ५९, गोरखामा दुई सय ३०, बागलुङमा एक सय ८८, लमजुङमा एक सय २२, म्याग्दीमा ९२ र पर्वतमा ८० जना संक्रमित छन् ।

तिवारीका अनुसार भारतसँगको खुल्ला सीमाना, बैदेशिक रोजगारीबाट फर्केकाहरु, ड्रग्स र सुई प्रयोगकर्ता, तेस्रो लिङ्गी र पुरुष–पुरुषबीच यौन सम्पर्क गर्नेहरुमा संक्रमण महामारीको रुपमा देखिएको छ । तर सामान्य मानिसमा भने यो संक्रमण एक प्रतिशतभन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०३० को अन्त्यसम्म विश्वमा ८ करोडा ८४ लाख मानिस संक्रमित भएका छन् भने ४ करोड २३ लाखले ज्यान गुमाएका छन् । सन् २०२३ मा मात्र विश्वभर १३ लाख संक्रमित भएका छन् । डब्लुएचओका अनुसार विश्वमा हरेक दिन ३ हजार ६ सय नयाँ संक्रमित थपिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?