© २०२३
जाजरकोट ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१० नुवागाउँ नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
कार्कीगाउँबाट जगतिपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जीप नुवागाउँको घुम्तीमा दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कैलाली जिल्ला घर भई हाल भेरी नगरपालिका-७ मध्यपहाडी लोकमार्गमा कार्यरत अन्दाजी वर्ष २४ का मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका अन्दाजी २२ वर्षका मिथुन हमाल रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
घाइते एक जना दाङ जिल्ला घोराही उपमहानगरपालिका-८ घर भई मध्यपहाडी लोकमार्गमै कार्यरत अन्दाजी वर्ष २२ का कमल चौधरीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी