ट्रेंडिंग:

>> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

सबै प्रक्रिया पूरा गरि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट श्रमिक पठाउनुपर्छ – मन्त्री पान्डे 

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार
रूपन्देही ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पान्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट सबै प्रक्रिया पूरा गरि श्रमिक पठाउनु पर्ने बताएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालनका बिसयमा  भएको सरोकारवाला निकायसंगको अन्तर्कृया कार्यक्रममा बोल्दै मन्त्री पान्डेले श्रमिक पठाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल धेरै राम्रो र सम्भावना भएको बताउंदै के गर्दा काठमाडौ जानै नपर्ने हो त्यसको खोजी गरि यही बिमानस्थलबाट ठूलो मात्रामा श्रमिक पठाउन सकिने बताएका हुन् ।
पर्यटकलाई के के गर्दा काठमाडौं जानै नपर्ने हो त्यो काम पुरा गर्नका लागि मन्त्रालय तयार रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल धेरै सम्भावना बोकेको बिमानस्थल हो पश्चिम देखि पूर्वका सबै तराइका जनताले पूर्णरुपमा लाभ लिन सक्ने हुंदा यो बिमानस्थललाई दिगोरुपमा चलाउनु पर्ने उनको भनाइ थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले श्रमिकका समस्या समाधान गर्न अंतरकृयाको आयोजना गरिएको बताउंदै गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल श्रमिककालागि धेरै सम्भावना भएको बिमानस्थल भएको बताए ।
 वैदेशिक रोजगारमा जाने श्रमिक आउने हामिले धेरै सम्भावना गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा देख्यौं गल्फ देश जाने , श्रमिकको निम्ति यो बिमानस्थलले सम्भावना देखायो । मन्त्री भण्डारीले भने सबै प्रक्रिया पूरा गर्नका लागि श्रम मन्त्रालय तयार छ ।
वैदेशिक रोजगार जान अहिलेको ब्यबस्थाले एउटा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भएकाले अब गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल पनि बनाउनुपर्ने बताए । सबै त्यहीँ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा थुप्रिए । सबै पूर्बाधार भएकाले हो अब हामी सबै पूर्वाधार्को ब्यबस्था भैरहवामा गर्दैछौं ।
“श्रमको एउटा प्रदेशमा एउटा शाखा खोल्न पाउने ब्यबस्था हो । हामीले अब प्रत्येक जिल्लामा खोल्न सकिन्छ भनेर लागेका छौं । लुम्बिनी भन्दा पश्चिमका सबै श्रमिकको तार्गेट भनेको भैरहवा हो ।” मन्त्री भण्डारीले भने ।
“वैदेशिक रोजगार बिभागको प्रत्येक प्रदेशमा अफिस खोल्ने गरि लागेका छौं । यहाँ आएर जान उपयुक्त बाताबरण तयार हुन पर्छ । श्रमिक यो बिमानस्थलबाट सहुलियत रुपमा जान पाउनुपर्छ । समस्याको समाधान गर्ने हिसाबले लागेका छौं । निर्णय लागू आजको भोलि गर्ने होइन हामी तयारीमा छौं ।” मन्त्री भण्डारीले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सन्तोष कुमार पान्डेय, लुम्बिनी प्रदेश सभा सदस्य केके बानियां,  सिद्धार्थ होटेल एसोसिएसन(सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी), नेपाल च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क प्रसाद पोख्रेल, सिद्धार्थ सन्जाल रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, नेपाल एसोसिएसन टुर ट्राभल्स लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापा, सानका वरिष्ठ उपाध्यक्ष भोज खत्री, पर्यटन ब्यबासायी सन्जय बजिमय, पर्यटन ब्याबसायी सागर अधिकारी, मेन पावर ब्याबसायी राजेन्द्र भण्डारी, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रताब बाबू तिवारी लगायतले भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?