ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

बारा गढीमाई मेलामा लाखौं मानिसको घुँईचो, मौलापुर द्वारा बाटो मर्मत

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

रौतहट ।

बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लागेको पंचवर्षीय गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ।

मेलामा आउने जाने यात्रुलाई सहज हुने गरी मौलापुर नगरपालिकाले मूल बाटो मर्मत सुरु गरेको छ।

गत असोज महिनामा लालबकैया नदीमा आएको बाढबाट क्षतिग्रस्त जयनगर–मौलापुर– बिरगंज सड़क मर्मत गर्न संबन्धित निकाय तथा सरकारले वास्ता न गरे पछि मौलापुर नगरपालिकाले मर्मत तथा निर्माण कार्य शुरू गरेको हो । एेतिहासिक पञ्चवर्षीय गढीमाई मेलालाई ध्यानमा राखेर नगरपालिकाले सडक मर्मत तथा निर्माण कार्य सुरु गरेको मेयर रिना कुमारी साहले बताएकी छन्।

यसैबीच, पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले गरेको कार्य सराहनीय भएको बताएका छन । केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका  यस्ता सड़कहरूको मर्मत र संचालनको जिम्मा सम्बन्धित सरकारहरूले नै लिनुपर्ने हो तर यी सरकारहरू अनैतिक कर्ममा लागेकोले बाढीबाट क्षतिग्रस्त संरचनाहरू अल्पत्र परेको अध्यक्ष साहले टिप्पणी गरेका छन्।

‘यति महिना पुगि सक्दा पनि क्षतिग्रस्त आफनो मातहतको आयोजनाहरूमा ध्यान न जानु गैर जवाबदेहीताको प्रकाष्टा हो । केन्द्र र प्रदेश सरकारले यसरी गैरजिम्मेवार र अनैतिक कार्य गर्दा पनि कांग्रेस–एमाले गठबन्धनका झोलेहरूले चुपकी साधनु दुःखद हो,’ उनले भनेका छन्।

बारा बरियारपुर स्थीत गढीमाई मन्दिरमा लागेको पंचवर्षीय मेलामा यस पटक २ करोड मानिस आउने आयोजकको अनुमान रहेको छ। मेलामा पुग्ने चौतर्फी बाटोमा १०११५ किलोमीटर टाढा बाट नै हजारौँ मानिसको घुँईचो लाग्ने गर्दछ।

गत १७ गते औपचारिक रूपमा राष्ट्रपती रामचन्द्र पौडेलले उदघाटन गरेको बारा बरियारपुर स्थित गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ। गढीमाई मन्दिरमा यस पटक आगामी २३ गते आइतबार बली प्रदान गरिने मूल पूजारी मंगल चौधरीले बताएका छन्।

गढीमाई मन्दिरका मूल पुजारी चौधरीसँग मिलेर मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशुबली सुरु हुने चलन रहिआएको छ।

रोग शोक निको हुने, सन्तान प्राप्तिका साथै माताको नामले गरिएको भाकल पूरा भएपछि पंचवर्षीय मेलामा हजारौँ मानिसले परेवा, बोका, राँगा लगायतको बली चढाउने गर्दछन्। मेलामा नेपालको अधिकांस जिल्लाका मानिसका साथै भारतबाट लाखौं मानिस आउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?