© २०२३
काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल)का खेल जारी रहँदा त्यसमा सट्टेबाजी खेलाउन भारतीयहरू नेपाल आइरहेको खुलेको छ।
प्रहरीले अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कलकत्ता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुन धोष, उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र सोही ठाउँका ३० वर्षीय ब्रजेश कुमार रहेका छन्।
उनीहरूलाई दुई दिनअघि ब्युरोको टोलीले क्रिकेट मैदान कीर्तिपुरबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूले मंसिर १५ गतेदेखि जारी एनपिएलमा सट्टेबाजी खेलाइरहेका थिए।
उनीहरूले स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुने गरी मैदानभित्रैबाट सट्टेबाजी खेलाइरहेका थिए।
त्रिवि क्रिकेट मैदानमा एनपिएलका खेल अहिले पनि जारी छ। उक्त खेलहरूमा सट्टेबाजी खेलाउने भारतीय गिरोह नै सक्रिय रहेको अनुमान प्रहरीको छ।
प्रहरीले अन्य सट्टेबाजहरूको खोजी गरिरहेको छ। पक्राउ परेकालाई सट्टेबाजी गराउन नपाइने कसुरमा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी